हेटौंडामा : मंगलबार बिहान मृत अवस्थामा एक युवतीको शव फेला परेको छ । हेटौंडा–४ कर्रास्थित सुर्चचोक नजिकै अन्दाजी २३ वर्षीया सुस्मिता थापाको शव मृ’त अवस्थामा फेला परेको हो ।
बन्द कोठामा थापाको शव फेला परेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । ‘आत्महत्या हो वा हत्या हो भन्नेबारे अनुसन्धन भइरहेको छ । महिलाका माइती पक्षलाई हामीले बोलाएका छौं ।
उहाँहरु कपिलवस्तु बाणगंगा नगरपालिका -८ बोडगाउँ बाट आउँदै हुनुहुन्छ । महिलाको शव बन्द कोठाभित्र भएका कारण हामीले ढोका खोलेका छैनौं ।’ डीएसपी रानाले बताए ।
उनका अनुसार घटना स्थलमा रगत पनि देखिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मृतक महिलाका पतिको करिब छ महिना अगाडि सडक दुर्घटनामा ज्यान गुमेको पाइएको छ ।
