थ्री स्टारले युवा मिडफिल्डर आयुषलाई दुई वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । थ्री स्टारले आयुष अनुबन्धको रकम भने खुलाएको छैन । सम्झौतासँगै आयुषले आगामी असोजबाट सुरु हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट थ्री स्टारबाट खेल्नेछन् । ‘ए’ डिभिजन लिग ३ असोजबाट सुरु हुने तालिका छ ।
आयुषले गत महिना कुवेतमा भएको फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ को दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध मैदान उत्रदै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । आयुष ९०औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
आयुषले गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) पोखरा थण्डर्सबाट पुरै ६ खेल खल्दै आफुलाई प्रमाणि गरेका थिए । त्यसपछि उनी नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नजरमा परेका थिए ।
खुमलटार युथ क्लबबाट ‘बी’ डिभिजन लिग खेलेका घलानलाई पोखराले ट्यालेन्ट हन्टमार्फत टोलीमा भित्र्याएको थियो । आहा रारा गोल्डकपमा संकटालाई च्याम्पियन बनाउदा महत्त्वपूर्ण भुमिका निभाएका उनी उत्कृष्ट युवा खेलाडी चुनिएका थिए ।
