जुम्लिया दाजुभाईको जुम्लिया दिदिबहिनीसग बिवाह गर्ने एकदमै ठूलो चाहाना हुन्छ ।संकल्प र बिकल्पले काव्या र दिव्यासग बिवाह गरेर यतिबेला अत्याधिक खुसि छन् ।
भनिन्छ मान्छेको जिवनमा जा्म मृत्यु प्रेम र बिवाह चहि लेखेकै सग हुन्छ ।यो भनाई वास्तविक नै मिल्न गएको छ ।दुई दाजुभाइको सपनानै दुई दिदिबहिनीसग बिवाह गर्ने थियो जुन अन्ततः यथार्थमा परिणत भयो ।सामाजिक संजालमा अहिले उक्त जोडि एकदमै भाइरल बनिरहेका छन् ।
एकदमै रमाइलो उक्त जोडिहरु एकदमै राम्रा र सबैको बिचार एकआपसमा समेत मिलेको हामिले पायौ ।जुम्लियाले जुम्लियानै यसरी बिवाह गरेको सायदै एबदमै न्यून जोडिहरुमा एक हो ।
उनिहरु हुबहु उस्तै देखिन्छन् र सन्तान पनि उस्तै हुने हो या कस्तो हुने हो त्यो आफुहरुमा समेत कौतुहलता भएको उनिहरु बताउँछन्
प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती
सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको हो।
राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उनको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
‘अहिले उहाँमा सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नू भन्ने गृह मन्त्रालयको आदेश आएपछि एक कम्पनी सुरक्षाकर्मी थप गरेका छौं ।’ –ती सुरक्षा अधिकारीले भने । संसद् पुनःस्थापनापछि सार्वजनिक सडकमा उनको सवारी हुँदा सुरक्षाकर्मीको स्कटिङ पनि अघिपछिको भन्दा बढी देखिएको छ ।
