काठमाण्डौ । अत्यन्तै उत्कृष्ट शब्द चयन गरि दोहोरी गाउन सक्ने लोकप्रिय गायक तथा सर्जक प्रकास पराजुली र लोकप्रिय गायिका शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत काँ हिडेउ बैनी भर्खर मात्र सार्वजनिक भएको छ ।
प्रकाश पराजुलीको उत्कृष्ट शब्द तथा सोहि अनुसारको सुमधुर लय सिर्जना समेत रहेको गीत एउटा कथामा आधारीत रहेर तयार पारिएको छ । गीतले भन्न खोजेको कथा भिडियो निर्देशकले कलात्मक रुपमा उठाएका छन । गीतको शब्दको पक्ष निकै दमदार र मिलेका छन ।
गीतमा शान्ती र प्रकासको आवाज निकै सुहाएको छ । गीतको म्युजिक भिडियोमा पनि निर्देशक मौषम हिमालीले अत्यन्तै मेहनत गरेका छन । समग्रमा गीत अहिलेका उत्कृष्ट तीज गीत भित्र पर्ने खालको रहेको छ ।
यो पनि: काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दै आएको छ । गत मंगलबार गृह मन्त्रालयले लामो र मध्यम दूरीमा सार्वजनिक सवारी सहजीकरणका लागि देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । परिक्षा संचालन गर्ने निर्णयसंगै विद्यार्थीहरु परिक्षा केन्द्रमा जानुपर्ने भएकाले यस्तो निर्णय गरिएको हो ।
तर काठमाडौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भने निषेधाज्ञा कडा बनाउने संकेत गरेका छन् । महामारीको तेस्रो लहरको जोखिम बढेको भन्दै कडा बनाउने संकेत गरिएको हो । को रोनाको नयाँ भेरियन्ट भक्तपुरमा समेत देखिएको छ । संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । तर गृहमन्त्रालयको लामो दुरीको सवारी संचालनका लागि सहजीकरण गर्न दिएको निर्देशनले भने सिडियोहरु अन्यौलमा परेका छन् ।
‘त्रिभुवन विश्व विद्यालयका अब हुने परीक्षाका परीक्षार्थीलाई अप्ठेरो पर्ने भएकालाई सहयोग हुने हेतुले सार्वजनिक यातायात सहजीकरण गर्न गृहले निर्देशन दिएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमणदर हेरर निर्णय गर्ने बताएका छन् । अहिले उपत्यकाको संक्रमणदर हेर्ने हो भने निषेधाज्ञा राम्रोसँग खोल्नुभन्दा घटाउनुपर्ने बेला भएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो १० दिन थप गरिएको निषेधाज्ञामा खुकुलो प्रावधना छ तर अहिले संक्रमण बढिरहेकाले निषेधाज्ञा के हुने भन्नेबारे टुंगो लागिसकेको छैन । कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ ।
