नागरिक समाजका अगुवाहरुले सरकारले संसद् वि’घटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको बताएका छन् । सरकारको उक्त कदम संविधानमाथिकै आ’क्रमण भएको उनीहरु बताउँछन् ।
प्रतिनिधिसभा विघ’टन असंवैधानिक भन्दै नागरिक अगुवाहरुले शनिबार माइतीघर मन्डलामा वि’रोध प्रदर्शन गरेका हुन् । सहभागीहरुले शंख बजाएर वि’रोध गरेका थिए ।
संविधानमाथि प्रहार भएकोले प्रदर्शनमा उत्रनुपरेको उनीहरुको जिकिर छ । प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरुले संविधानभित्रैबाट अहिलेको स’मस्याको समाधान खोज्नुपर्ने बताएका थिए ।
‘जो रक्षक उही भक्षक’ संविधानमाथि तीरैतीर प्रतिगामीलाई खिरैखिर’, ‘संसद् विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘समृद्धिको यात्रा ओलीको गाईजात्रा’, ‘संविधानमाथिको प्रहार, इतिहासको ठूलो अत्याचार’लगायत
लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए ।
