एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा क्रोएसिया र पोल्यान्ड बराबरीमा रोकिएका छन् । क्रोएसियाले अर्मेनियासँग १–१ गोलको बराबरी खेलेको हो ।
क्रोएयियामा मंगलबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीको नतिजा निकालेको हो । क्रोएसियाका इभान पेरिसिसले खेलको २४औं मिनेटमा गोल गर्दा अर्मेनियाका वेमार अंगुलोले ७२औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
यस्तै मैत्रीपुर्ण खेलमा पोल्यान्ड र रसियाले १–१ गोलको बराबरी खेलेका छन् । पोल्यान्डमा मंगलबार राति भएको खेलमा पोल्यान्डका जाकुव स्वेरजकले खेलको चौथो मिनेटमा गोल गर्दा रसियाका काराभाइवले २१औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

यस्तै अर्काे मैत्रीपुर्ण खेलमा भेदात मुरिकीको चार गोल मद्दतमा कोसोभोले सान मारिनोलाई ४–१ ले पराजित गरेको छ । सान मारिनोका डेभिड टोमासिनीले एक गोल फर्काए। इस्टोनियाले लिथुआनियालाई १–० ले हराउँदा नर्थ म्यासेडोनिया र स्लोभेनियाले तथा स्लोभाकिया र बुल्गेरियाले समान १–१ गोलको बराबरी खेलेका छन् ।
युरोकपको तयारीका लागि टोली मैत्रीपुर्ण खेल खेलिरहेका छन् ।
