काठमाडौं : नेपाल टी २० लिगमा कमेन्ट्री गर्दै आएका सचिन तिमल्सेनाले ‘फिक्सिङ र पारिश्रमिक नदिई आयोजक’ गायब भएको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा जारी लिगमा फिक्सिङ भइरहेको दाबी सचिनले गरेका छन्।
‘यसअघि एसियन प्रिमियर लिग भन्नै भएको थियो, त्यहाँ क्रिकेटमा फिक्सिङ कस्तो हुन्छ भन्ने देखेको थिएँ,’ सचिनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘जारी नेपाल टी २० मा पनि खेलाडीको बिफ लगाएर टिमका म्यानेजरहरू फिक्सिङका लागि खेलाडीसँग कुरा गर्न वरिपरी घुमिरहेको देखेको छु।’
सचिनले जारी लिगमा कप्तानी विदेशी नामै नसुनिएका खेलाडी दिइनु पनि शंकास्पद रहेको बताएका छन्।
