काठमाडौँ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क बाट निर्वाचित प्रदेश सासंद मसिना खड्का भण्डारीले खेलकुदले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताएकी छन् ।
शनिबार बाह्रबिसे नगरपालिकाले आयोजना गरेको चौथौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै खड्काले यस्तो बताएकी हुन् ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदू भन्ने नाराका साथ आयोजित उक्त प्रतियोगिता भोलि राष्ट्र चिनाउने खेलाडी उत्पादन गर्ने प्लेटफर्म समेत रहेको उनले बताईन ।
खेलमा सहभागी खेलाडीहरुलाई कर्तव्यनिष्ठ भएर खेल्न आग्रह गर्दै उनले अभिभावकहरुलाई पनि आफ्ना छोराछोरीहरुलाई खेल्नको लागि उचित वातावरण दिनुपर्ने बताईन ।
खेलकुद क्षेत्रको सर्वाङगिण विकासको लागि आफुले कुनै कसरत बाकी नराख्ने प्रतिबद्धता पनि भण्डारीले ब्यक्त गरिन । शुक्रबारदेखि शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन पुर्व सुचना तथा सञ्चार मन्त्री एवम सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित संघिय सांसद मोहन बहादुर बस्नेतले गरेका थिए । कार्यक्रमको समापन शनिबार प्रदेश सांसद मसिना खड्का भण्डारीले गरेकी हुन् ।

