मलाइका अरोरा र अर्जुन कपुर विगत केही दिनदेखि एकअर्कालाई डेट गरिरहेका छन्। सुरुमा मलाइका अर्जुनले आफ्नो सम्बन्धको बारेमा खुलेर बोल्नबाट जोगिएका थिए।
तर समयसँगै दुवैले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धलाई खुलेर स्वीकार गरेका छन् । पछिल्लो समय दुवैले सामाजिक सञ्जालमा एकअर्कासँग रोमान्टिक तस्विर शेयर गरिरहेका छन् ।
दुवैजना एकअर्कासँग विदेशमा छुट्टी मनाउने गरेको पनि देखिन्छ । यस्तो अवस्थामा उनीहरुका फ्यानहरु दुवैले अब विवाह गरून् भन्ने चाहन्छन् ।यसैबीच, व्यापार विशेषज्ञ उमर संधूले आफ्नो ट्विटर
खातामा एक समाचार साझा गरेका छन्। जसको अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।
मलाइका र अर्जुनको तस्बिर सेयर गर्दै उमैरले लेखेका छन्, ‘ब्रेकिंग न्यूज, मलाइका अरोरा र अर्जुन कपूर अर्को हप्ता पेरिसमा विवाह गर्न लागेका छन्।
यो जोडी मार्चमा विवाह गर्ने तयारीमा रहेको पनि चर्चा छ । यद्यपी मलाइका र अर्जुनले यसबारे कुनै आधिकारिक जानकारी दिएका छैनन् ।
एक शोमा मलाइकाले अर्जुनले आफूलाई अत्यन्त राम्रोसँग चिन्ने गरेको बताएकी थिइन्। मलाइकाले आफू र अर्जुनको सम्बन्धका बारेमा छोरा जानकार रहेकाले उसलाई कुनै समस्या नभएको खुलाएकी थिइन्।
सन् २०१९ मा अर्जुन र मलाइकाले आफूहरूको सम्बन्धलाई आधिकारिक बनाएका थिए।
