आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ ।विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।
नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्व कप पुग्न सकेको थिएन ।
दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन् । खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले र हङकङलाई २२ रनले हराएको थियो । आजको अर्को सेमिफाइनल खेल कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच हुनेछ । फाइनल खेल पर्सि आइतवार कीर्तिपुर मैदानमा हुनेछ ।
