टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । टस जितेर यूएईले पहिले ब्याटिङ रोजेको छ ।
नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो । यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो ।
बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो ।
यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। घरेलु मैदानमा जारी टी-२० विश्वकपको छनोटमा नेपालले युएईलाई हराउन सके विश्वकप पुग्ने छ । यो खेलको विजेता विश्वकपमा छनोट हुने छ ।
लिग चरणमा दुवै टोलीलाई दुई दुईपटक हराएको नेपाल उपाधि भिडन्तमा भने यूएईसँग पराजित भएको थियो ।
छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा बिहीबार ओमानसँग पराजित भएपछि नेपालले यूएईसँग सेमिफाइलन खेल्नुपर्ने भएको हो ।
खेल केहीबेरमा मुलपानी किक्रेट मैदानमा हुँदैछ ।
