काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको फाइनल खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको हो ।
९.६ ओभरमा नेपालका कुशल मल्ल आउट भएका हुन्। उनी अकिब इलियासको बलमा बोल्ड भएका हुन्।
कुशलले ९ बल खेलेर ३ रनमात्रै बनाए।
आठौं ओभरसम्म पुग्दा नेपालले ओपनर आशिफ शेख, कुशल भुर्तेल र सन्दीप जोरालाई गुमाएको थियो।
अहिले कप्तान रोहित पौडेल र गुल्सन झा ब्याटिङमा छन्।
