फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।
भारतलाई उसकै घरेलु मैदानमा हराउँदै अस्ट्रेलियाले छैटौँपटक विश्वकपको उपाधि उचालेको हो ।
हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
भारतका लागि केएल राहुलले ६६ र विराट कोहलीले ५४ रन बनाएका थिए । हरेक चार वर्षमा आयोजना हुने एकदिवशीय विश्वकप अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा जितेको थियो ।
