पूर्व मिस नेपाल शृङ्खला खतिवडा र सम्भव सिरोहिया आज विवाह बन्धनमा बाँधिँदै छन् ।
शृङ्खला र सम्भवको विवाह आज होटेल हायातमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ ।
केही दिन अगाडि शृङ्खलाको ‘मेहेन्दी समारोह’ आयोजना भएको थियो । जसमा पूर्व मिस नेपालहरू थुप्रै सहभागी थिए ।
गत असोजमा शृङ्खलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । शृङ्खला सन् २०१८ मिस नेपालकी विजेता हुन् । पेसाले इन्जिनियर उनी हालै हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर पढेर फर्केकी हुन् ।
