धनगढी महोत्सवमा पल शाहको ब्रासलेट हराएको छ। महोत्सवमा प्रस्तुति दिइरहेका बेला शनिवार शाहको करिब ३ तोला बरावरका सुनको ब्रासलेट हराएको हो ।
स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरूले हात तानेर ब्रासलेट खोसेको बताइएको छ । तर, कसले खोस्यो ? भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ । ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए । उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन ।
तर शाहले ब्रासलेट हराएकोमा कुनै दुख व्यक्त नगरेको र त्यसलाई धनगढीको मायाका रुपमा लिएको कुँवरले दाबी गरे । पलको प्रस्तुति चलिरहेका बेला उद्घोषकले पनि उनको ब्रासलेट हराएको जानकारी गराएका थिए । प्रहरीले भने ब्रासलेट हराएको विषयमा जानकारी नै नआएको जनाएको छ ।
