रेखा थापा निर्मित फिल्म ‘उपहार’ को दोस्रो गीत बिहीबार सार्वजनिक भएको छ।
बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ‘मुटुको ४ आना’ बोलको गीत सार्वजनिक गरिएको हो।
समीक्षा अधिकारी र महेन्द्र विकको स्वर रहेको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। गीतको भिडिओमा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी, विनोदकुमार पौड्याललाई देख्न सकिन्छ।
