इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी गायिका मेनुका पौडेलले सबैको मन जितिरहेकी छिन् सबैको प्रशंसा पाइरहेकी छिन् । हरेक एपिसोडमा जजहरुको स्ट्यान्डिङ ओभेसन प्राप्त गर्दै आएकी मेनुकाले आइतबार रातिको प्रस्तुतीले भने ‘बटम चार’मा परिन् । उनले गाउदा गाउदै बीचमा लिरिक्स बिर्सिइन ।
उनले ‘तेरा साया साथ होगा’ बोलको गीत गाउँदा बीचमा लिरिक्स बिर्सिइन्। तर मेनुका आउट हुनबाट भने जोगिइन्।
जजहरुले फेरी गाउन हौसला र सल्लाह दिएपनि मेनुकाले गाउन सकिनन् । उनले आफ्नो मुटुको धड्कन बढेको बताइन त्यसपछि मेनुकालाई पानि पिउिन दिइयो । मेनुका स्टेजबाटै बाहिरिइन् र उनलाई चिकित्सकसँग भेटाइयो । सामान्य चेकजाँच पछि पौडेल पुन स्टेजमा फर्केर आफ्नो गित पुरा गरेकी थिइन् ।
