काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप गुमाउने भएका छन् । अन्तरवार्ता दिन अमेरीकी दुतावास पुगेका उनलाई आज पनि भिसा दिन अस्वीकार गरेको छ । यो संगै अब सन्दिपले विश्वकप गुमाउने पक्कापक्की जस्तै भएको छ ।
नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।
सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।
