सुजिता भण्डारी प्रकरण : मलाई बचाउनु भनेर बिलौना गर्दै फोन गरेर जानकारी समेत दिएकी छोरीलाई बचाउन नसकिएको भन्दै आमा अम्बिकाले बिलौना गरेकी छन् ।
‘ नानी यहाँबाट हिँडिछे । आफूलाई थाहा छैन । धानको रोपाइँ भएकाले हामी हिँड्नु परिगो । नानीहरू घरमै थे । उनीहरू बिहान आफ्नै सुरले उठ्ने हो । मैले हेर्दा पनि हेरिनँ । त्यो दिन नानी कतिखेर गई मलाई थाहा छैन । बुबालाई, दिदीलाई पनि थाहा छैन ।
नानी गई । यहाँबाट गइसकेपछि साथीको घर पुग्नेबित्तिकै बीचमा त्यस्तो भएछ । १२ बजे दिदीलाई कल गरिछे । आँखामा पट्टी बाँधेको छ, मलाई कता लगे कता, छिटो बचाऊ भनिछ नानीले । त्यसपछि गाउँघरमा सबैतिर गएर धेरै खोजीतलास भयो । नानी भेटिइन् । उसको खुशीले हिँडेको पनि हुन सक्छ नि, भन्ने कुरा भयो ।
अ प ह र ण गरेको व्यक्तिले कसरी फोन गर्छ भन्ने भयो । साँच्चिकै मा’र्न लगेको रहेछ । हामीलाई के थाहा र ?
