काठमाडौं। नेपाली कांग्रेसको वडा अधिवेशनलाई लिएर बझाङमा पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। जिल्लाका अधिकांश वडामा असोज ३ गतेका लागि तय गरिएको वडा अधिवेशन स्थगित भएको असन्तुष्ट पक्षले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। चैनपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्व जिल्ला सभापति हर्क जंग सिंह र छविसपाथिभेरा गाउँपालिका सभापति पाण्डप थापालगायतका नेताहरूले पार्टी सभापतिको नेतृत्व र अधिवेशन प्रक्रियाप्रति असहमति जनाउँदै असोज १५ गतेबाट मात्रै प्रक्रिया अघि बढाउनुपर्ने अडान राखेका छन्।
यसैबीच, बझाङ कांग्रेसको यस किचलोमा ’जेन–जी’ (न्भल श्) पुस्तामाझ निकै लोकप्रिय तथा ऊर्जावान युवा नेता अनिल थापाको सक्रियताले जिल्लाको राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) को बलियो राजनीतिक पृष्ठभूमिबाट उदाएका थापा युवाहरूका बीचमा निकै सक्रिय, जुझारु र प्रखर नेताका रूपमा परिचित छन्। पछिल्लो समय उनी पूर्वसभापति शेरबहादुर देउवाको पक्षमा खुलेर उभिएपछि जिल्लाका युवा कार्यकर्ताहरूमा थप उत्साह र ऊर्जा सञ्चार भएको छ।
बझाङका ’जेन–जी’ युवाको सशक्त आवाजका रूपमा स्थापित अनिल थापाले पार्टीभित्रको विवादलाई गुटगत स्वार्थभन्दा माथि उठेर विधि, विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार समाधान गर्नुपर्नेमा खरो रूपमा आवाज उठाउँदै आएका छन्। युवा पुस्ताबाट राजनीतिमा हस्तक्षेपकारी र सकारात्मक भूमिका निर्वाह गरिरहेका उनले असोज १५ गतेबाट हुने भनिएको अधिवेशन प्रक्रियालाई पूर्ण समर्थन गर्दै निष्पक्ष र सबैको सहभागिता थापाको भनाई ।
विचार र सिद्धान्तमा प्रस्ट रहेका युवा नेता थापाको यो खुल्ला समर्थन र सक्रियताले बझाङ कांग्रेसको आन्तरिक राजनीतिक समीकरणमै नयाँ बहस सिर्जना गरेको छ। उनको यो ऊर्जाशील उपस्थितिलाई जिल्लाभरका युवा कांग्रेस कार्यकर्ताले निकै चासो र आशाका साथ हेरेका छन्।
