‘फूलबुट्टे सारी’बाट चर्चा कमाएका गायक मार्मिक लामाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘सुनबुकी फूल’ बोलको नयाँ गीत मंगलबार युट्युबमा भिडियो सहित सार्वजनिक भएको हो।
‘फूलबुट्टे सारी’ गीतका ओरिजिनल गायक मार्मिक लामो समयपछि गायनमा फर्किएका हुन् । १२ वर्षअगाडि रेकर्ड भएको ‘फूलबुट्टे सारी’ गएको लकडाउनमा चर्चामा आएको थियो।
‘फूलबुट्टे सारी’कै संगीतकार तथा गीतकारसँगको सहकार्यमा लामाले ‘सुनबुकी फूल’ ल्याएका हुन्। यस गीतमा पनि राजनराज शिवाकोटीको शब्द तथा संगीत छ।
राजेश पुमा राईको निर्देशनमा तयार गरिएको गीतको भिडिओमा आनन्द सिंह, रक्षा थापा र अभिषेक बजगाईले अभिनय गरेका छन्। उत्सव दहालले खिचेको भिडियोलाई विकास दहालले सम्पादन गरेका छन्।
गीतको भिडियो देवीथान म्युजिकले निर्माण गरेको हो।
