एजेन्सी – क्रिस्टियानो रोनाल्डो र नानीले खेल जीवनमा लामो समयसँगै बिताएका छन् । पोर्चुगल र म्यानचेस्टर युनाइटेडबाट रोनाल्डा र नानीले सँगै खेलेका थिए ।
अहिले भने उनीहरुको अलग अलग लिग खेलिरहेका छन् । युनाइटेड छाडेर लामो समय रियल म्याड्रिड बिताएका रोनाल्डो अहिले युभेन्ट्समा छन् । नानी अहिले एमएलएस टोली ओर्लान्डो सिटीबाट खेलिरहेका छन् ।
नानीले रोनाल्डोले कहाँ पुगेर सन्यास लिने विषयमा खुलासा गरेका छन् । ‘केहि वर्ष अघि उनले मलाई भनेका थिए,’ उनले भने,’ सम्भवत म अमेरिका पुगेर सन्यास लिन सक्छु । यो शतप्रतिशत त होइन । सम्भावना भने छ ।’
नानीले रोनाल्डोका लागि एमएलएसमा पनि राम्रो टोली पाउन सक्ने बताए । ‘उनले राम्रो क्लब पाउन सक्छन् । जहाँको अवस्था राम्रो हुनेछ, उत्कृष्ट प्रशिक्षक र क्षमतावान खेलाडी हुनेछन्,’ उनले भने,’ एमएलएस पनि हरेक सिजन सुधार हुँदै गइरहेको छ ।
