काठमाडौँ : चीनसँग सीमानामा विबाद गरिरहेका बेला आफ्ना २० सैनिक गुमाएको भारतले नेपाल माथीको अतिक्रमण मायमै राखेको छ । नेपाली भूमि कालापानी कब्जा गरेर बसेको भारतीय सेनाले सीमानामा मात्रै नभएर वारी नेपालमा नै आएर दुख दिने प्रवृत्ति त छ नै । अझ नेपालले बनाएको सडक निर्माणमा समेत अवरोध पुर्याएको छ ।
आफ्नो भूमिमा सडक बनाएको भन्दै नेपाल सरकारले आपत्ति जनाउँदै सडक निर्माण स्थगित गरेर वार्तामा आउन बारम्बार आग्रह गरिरहेको भए पनि भारतले नेपाली सेनाले बनाएको सडकमा पनि अप्ठ्यारो पार्दै आइरहेको छ । भारतले ठूला ढुंगा नदीमा खसाल्दा नदी साँघुरिएको छ भने बहाव बढेको छ।
बहाव बढ्दा नेपाली सेनाले बनाएको बाटो बगाएर लगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । पाण्डेका अनुसार भारततिर ब्लास्टिङ भएर ढुंगा खस्दा नदीको फ्लो ओभर भएर अलिअलि खनेको पनि बगाएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । ‘अहिले हाम्रो टोली माथि उचाईमा उक्लिएको छ। त्यहाँ बगाउने भएपछि अर्को ठाउँमा निर्माण कार्य सुरु गरिएको छ।
व्यास गाउँपालिका २ मा पर्ने मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकोले चीन र भारतको सीमासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र टिंकर गाउँका १८२ घर परिवारका करिब एक हजार २०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आउजाउ गर्न समस्या भएको नेपाली सेनाले जनाएको छ ।
