काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) बीच मंगलबार वार्ता हुने भएको छ । ओली प्रचण्डबीच गत बुधबारयता वार्ता हुन सकेको छैन । गत बुधबार बिहीबार बस्नेगरी छुटेका दुई बिहीबार बस्दै नबसी शुक्रबारको स्थायी समिति बैठक स्थगित गरेका थिए ।
बाढी पहिरोका कारण एक साताका लागि बैठक स्थगित गरेर नेकपाले नेता कार्यकर्तालाई राहत तथा उद्धारमा केन्द्रीत रहन निर्देशन दिएको थियो । त्यसलगत्तै शनिबार अध्यक्ष प्रचण्ड चितवन गएर सोमबार काठमाडौ फर्केका छन् ।
