नेपालका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुुराम भट्टराईको पछिल्लो ट्वीट बिवादित भएको छ । विश्वास एउटा खतरनाक कुरा हो,
यसले तपाईलाई दुध फ्याक्न र पिसाव खान प्रेरित गर्छ भनी लेखएको एक ट्वीट डा. भट्टराइले रिट्वीट गरेका थिए ।
उक्त तस्वीरमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले गंगा नदीमा दुध चढाउँदै गरेको चित्र देखिन्छ।
डा. भट्टराईको बिरोध गर्नेमा नायिका करिश्मा मानन्धर पनि एक हुन् । उनी फेसबुकमा लेख्छिन्, खाने, पिउने, पदार्थ आवस्यक स्थान मै प्रयोग हुनुपर्छ तेसमा दुइमत छैन ।
तर जसले त्यो प्रदान गर्यो (प्रकृति) प्राकृतिक स्रोतलाई उनैले दियेको कुरा एक दिन चढाउनुमा येत्रो किन रोइलो ???
दिनदिनै येसो गरेर मानिस भोको राखेमा को चुपो लाग्ला । जे मा पनि बिरोध भए पछि कसरी समानता होला?
यसअघि इसाईको दलाल भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुतला दहन गरिएको थियो । विश्व हिन्दु परिषद् सप्तरीले राजविराजमा पुल्ला दहन गरेको हो ।
केही दिन अघि भट्टराईले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले गंगा नदीमा दुध चढाएको विषयमा ट्विटर मार्फत गरेको टिप्पणीको बिरोध गर्दै परिषद्का अगुवाहरु उनको पुतला दहन गरेको बताएका छन् ।
