नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन्।
एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा दिनु परेको भन्दै उनले सामाजिक सन्जालमा लेखेका हुन्।
‘डियर नेपाली फ्यान्स्, राजीनामा दिन एन्फा जाँदैछु,’ सामाजिक सन्जालमा उनले लेखेका छन्
‘मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो।’ पछिल्लो तीन साताका प्रत्येक दिन उपाध्यक्षले मेरो बारेमा नाटक गरेको भन्दै उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाईसमेत ‘मेन्सन’ गर्दै स्टाटस लेखेका हुन्।
गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपालले विश्वकप छनोटअन्तर्गत गत महिना तीन खेल खेलेको थियो।
