नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्।
उनले चुनावको मिति तोकेर पदबाट राजीनामा दिनुको सट्टा निरंकुश शासक झैं मन्त्रिपरिषद विस्तार गरेको आरोप लगाएका छन्।
उनको स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेको रावलको टिप्पणी छ।
ट्वीटरमा लेख्दै रावलले देश, जनता र पार्टीप्रति ओलीले विश्वासघात र संविधानमाथि घात गरेको बताएका छन्।
रावल नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्ड-माधव नेपाल पक्षधर नेता हुन्।
संसद बिघटनपछि प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गरेका थिए।
120 people are Tweeting about this
