काठमाडौँ प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाको पुष्पमकमल दाहाल र माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले सोमबार साँझ उपत्यकामा राँके जुलुस निकालेका छन् ।
बानेश्वरस्थित मिनभवन क्याम्पसबाट सुरु भएको जुलुस बानेश्वरको मुख्य चोकमा गएर टुंगिएको थियो ।
उनीहरुले प्रधानमन्त्री केपी शर्माओली विरुद्ध चर्को नाराबाजी गर्दै ओलीको कदम संविधान र लोकतन्त्रविरोधी भएको बताए छन् ।
सोमबार दिउँसो दाहाल-नेपाल निकट विद्यार्थीहरुले बाल्मिकी क्याम्पसमा स्वाहा कार्यक्रम गरेका थिए ।
