बहराइनमा राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलीफा सोमबार नेपाल आइपुगेका छन् । उनी २००० डोज कोरोना भाइरसविरुद्धको खोप लिएर नेपाल आएपछि विवादमा मुछिएका छन् ।
औषधि व्यवस्था विभागले बराइनका राजकुमारलाई भाइरसविरुद्धको खोप ल्याउने अनुमति नदिइएको भए पनि उनले खोप ल्याएपछि चेकजाँच सुरु गरेको जानकारी दिएको छ । विभागका अनुसार खोप ल्याउन पूर्व स्वीकृती आवश्यक पर्छ ।
