विश्वमा धेरै जनसङ्ख्यामा खोप लगाउने देशमध्येको एक सिसेलमा अहिले कोरोना फैलिरहेको छ । अन्य देशहरू पर्याप्त खोप सञ्चय गर्नका लागि सङ्घर्षरत रहेका बेला भारतीय महासागरस्थित टापु सिसेल भाग्यमानी बन्यो, यहाँ ६१ दशमलव ४ प्रतिशत जनसङ्ख्याले खोपको पूर्ण डोज लगाइसकेको छ ।
तर कोरोना भाइरसलाई फैलनबाट रोक्न यो पर्याप्त भएन । पछिल्लो महिना यहाँ सङ्क्रमितको सङ्ख्या बढ्दो छ र अधिकारीहरूले देशमा कडाइ गरको छन् । ९९ हजार जनसङ्ख्या बसोबास गर्ने यस देशमा अहिले २७ सयभन्दा धेरै सक्रिय सङ्क्रमित देखिएका छन् ।
सक्रिय सङ्क्रमितमध्ये ३३ प्रतिशतले खोपको पूर्ण डोज लगाइसकेको स्वास्थ मन्त्रालयले जनाएको छ । के यो महामारीबाट देशहरूले आफूलाई पूर्ण रूपमा प्रतिरोधी बनाउनसक्छ ? यो प्रश्न सिसेलमा देखिएको यथार्थले उब्जाएको छ ।
खोपबारे यसले के भन्छ ?
खोप लगाएका मानिस पनि बिरामी हुँदा खोपले काम गरेन भन्ने केहीको बुझाइ छ । तर स्थायी अधिकारी, विज्ञ र विश्व स्वास्थ सङ्गठनका अनुसार सिसेलको अनुभव खोपको अपेक्षासँग मिल्दोजुल्दो छ ।
दुवै खोप विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ) बाट स्वीकृत भए पनि कोभिड–१९ विरुद्ध कुनै खोप शतप्रतिशत प्रभावकारी छैन । एस्ट्रेजेनेकाको दाबीअनुसार लक्षण देखिने कोरोना भाइरसमा यो खोप ७६ प्रतिशत प्रभावकारी छ । त्यस्तै खोप लगाएपछि गम्भीर रोग नलाग्ने र अस्पताल भर्ना हुनु नपर्ने कम्पनीको दाबी छ । यता सिनोफार्मको दाबीअनुसार खोपको प्रभावकारिता दर ७९ प्रतिशत छ ।
डब्ल्यूएचओको अफ्रिकास्थित क्षेत्रीय कार्यालयका खोप रोकथाम रोगका कार्यक्रम संयोजक रिचार्ड मिगिहोका अनुसार कोभिड–१९ खोप गम्भीर अवस्था, अस्पताल भर्ना हुने अवस्था र मृत्युबाट जोगाउन अति प्रभावकारी छ भन्ने कुरालाई सिसेलको तथ्याङ्कले देखाएको बताउँछन् ।
‘सबै सुरक्षित नभएसम्म रोग निरन्तर फैलँदैन भन्ने हुँदैन,’ उनले भने । स्ट्यानफोर्ड विश्वविद्यालयका न्युरोबायोलोजी र बायोइन्जिनियरिङका एसोसिएट प्रोफेसर माइकल जी ली भन्छन्, ‘खोपको प्रभावकारिताको दर हेर्नुभयो भने सबैमा खोप लगाएको अवस्थामा पनि झन्डै २० प्रतिशत जनसङ्ख्या अझै शङ्काको घेरामा हुन्छन् । यदि भाइरसले खोप नलगाएका केही व्यक्तिलाई निरन्तर सङ्क्रमित बनाइरहेको छ र खोप लगाएका केहीमा पनि सङ्क्रमण देखिएको छ भने यो आश्चर्य होइन,’ उनले भने ।
तर खोप नलगाएका व्यक्तिको दाँजोमा खोप लगाइसकेका व्यक्ति अस्पताल भर्ना हुने संभावना कम रहने उनले बताए । यद्यपि सिसेलको तथ्याङ्कमा केही छुटेको छ, जसले हामीलाई खोपले कसरी काम गरेको छ भन्नेबारे राम्रो जानकारी दिने थियो । उदाहरणका लागि, सङ्क्रमण देखिएका कति व्यक्तिले कोभिसिल्ड र कतिले सिनोफार्म लगाएका छन् भन्ने स्पष्ट छैन ।
कुन भेरियन्टहरू फैलिरहेका छन् र ती कति सङ्क्रामक हुनसक्छन् भन्ने पनि स्पष्ट छैन । सिसेल न्युज एजेन्सीले गत महिना जनाएअनुसार पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान भएको भेरियन्ट नै सिसेलमा देखिएको छ । यदि त्यही भेरियन्ट नै फैलिएको हो भने यसले खोपको प्रभावकारितालाई असर गर्नसक्छ । किनकि दक्षिण अफ्रिकी भेरिएन्टको हल्का र मध्यम कोभिड–१९ विरुद्ध एस्ट्रेजेनेकाले निकै कम सुरक्षा उपलब्ध गराउने देखिएको थियो ।
यद्यपि अहिलेसम्म सिसेलमा इन्डियन भेरियन्ट पुष्टि भएको छैन । रोडेगोन्डे अन्य भेरियन्टहरू पनि रहेको हुनसक्ने बताउँछन् । तर सीमित जिनोमिक परीक्षणको अर्थ अहिलेसम्म ती भेरिएन्टको पहिचान भइसकेको छैन ।
यो बिन्दुसम्म देशमा ३ हजार ८ सयभन्दा कम जनसङ्ख्यामा सङ्क्रमण देखिएको थियो र १६ जनाको मृत्यु भएको थियो । त्यसयता सङ्क्रमित सङ्ख्या दोब्बरभन्दा बढी (९ हजार १ सय ८४) र मृतक सङ्ख्या ३२ पुगेको छ । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
