काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनाराण पाण्डे निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उमेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डेको ४१४० मतभार र खड्काकाे ३६१२ मतभार रहेको छ ।
पाण्डे नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबाट उमेदवार बनेका थिए ।
