काठमाडौं : आज शुक्रबार मात्रै नेपालमा थप १४ जना कोरोना संक्रमित भेटिएका छन्। उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताए।
नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।
