एजेन्सी – युरोपेली च्याम्पियनसिपको तयारी अन्तर्गत शुक्रबार राती हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोको साविक विजेता पोर्चुगलले स्पेनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ११:१५ बजे सुरु हुनेछ ।
स्पेन र पोर्चुगल दुवै टोलीले युरोका लागि अन्तिम टोलीको घोषणा गरिसकेका छन् । अब दुवै टोलीका प्रशिक्षक प्रतियोगिता अघि आफ्नो बलियो समिकरण तयार पार्ने सुरमा हुनेछन् । दुवै टोलीका लागि बलियो प्रतिद्वन्द्वीको सामना गर्न पाउनु राम्रो अवसर हो । स्पेन र पोर्चुगल दुवैले आजको खेलमा २ खेलाडीलाई डेब्यु दिन सक्छन् ।
स्पेनले पछिल्लो खेल अप्रिलमा विश्वकप छनोट अन्तर्गत कोसोभोविरुद्ध खेलेको थियो । उक्त खेलमा ३-१ को जित दर्ता गर्दा ड्यानी ओल्मो, जेरार्ड मोरेनो र फेरान टोरेसले गोल गरेका थिए । लुइस एन्रिकेले घोषणा गरेको युरोको टोलीमा यी तीनै समेटिएका छन् र आजको खेलमा पनि खेल्ने सम्भावना छ ।

पोर्चुगलले पनि आफ्नो पछिल्लो खेलमा लक्जेम्बर्गलाई हराएको थियो । कप्तान क्रिस्टियानो रोनाल्डो, डिओगो जोटा र जोआओ पाल्हिन्हाले ३-१ को जितमा गोल गरेका थिए । आजको खेलमा प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोसहित आफ्नो मुख्य टोली उतार्ने देखिन्छ ।
स्पेन र पोर्चुगलले हालसम्म ३७ खेलमा एक अर्काको सामना गरेका छन् । स्पेनले १७ खेलमा जित हासिल गर्दा १४ खेल बराबरीमा सकिएको छ । पोर्चुगलले ६ खेलमा जित हासिल गरेको छ । पछिल्लो पटक २०२० मा यी दुई टोलीले खेलेको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

पोर्चुगलको युरो खेल्ने टोली:
गोलकिपर – एन्थोनी लोपेस (लियोन), रुई प्याट्रिसियो (वल्भ्स) र रुइ सिल्भा (ग्रानडा)
डिफेन्डर – जोओ क्यान्सिलो (म्यानचेस्टर सिटी), नेल्सन सेमेडो (वल्भ्स), जोस फोन्टे (लिल), रुवेन डियास (म्यानचेस्टर सिटी), नुनो मेन्डेस (स्पोर्टिङ सिपी) र राफयल गुरेइरो (बोरुसिया डर्टमुन्ड)
मिडफिल्डर – डानिलो पेरेइरा (पीएसजी), जोओ पाल्हिन्हा (स्पोर्टिङ सिपी), रुवेन नेभेस (वल्भ्स), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), जोओ मौटिन्हो (वल्भ्स), रेनाटो सान्चेज (लिल), सर्जियो ओलिभेइरा (पोर्टाे) र विलियम कार्भाल्हो (रियल बेटिस)
फरवार्ड – पेड्रो गोन्कालभेस (स्पोर्टिङ सिपी), आन्द्रे सिल्भा (आइनट्राख्ट फ्रान्कफुर्ट), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (युभेन्टस), डिएगो जोटा (लिभरपुल), गोन्कालो गुइडेस (भ्यालेन्सिया), जोआओ फेलिक्स (एट्लेटिको म्याड्रिड) र राफा सिल्भा (बेन्फिका)
युरो खेल्ने स्पेनको पूर्ण टोली :
गोलरक्षक : उनाइ सिमोन, डे हेया, रोबर्ट स्यान्चेज
डिफेन्डर : जोसे गाया, जोर्डी अल्बा, पाउ टोरेस, एमेरिक लापोर्ट, एरिक गार्सिया, डिएगो लोरेन्टे, सेजार एज्पिलिक्वेटा
मिडफिल्डर : मार्कोस लोरेन्टे, सर्जियो बुस्केट्स, रोड्री, पेड्री, थियागो, कोके, फाबियन रुइज
फरवार्ड : ड्यानी ओल्मो, मिकेल ओयाराज्बाल, अल्भारो मोराटा, जेरार्ड मोरेनो, फेरान टोरेस, एडमा ट्राओरे, पाब्लो सराबिया
