नेपालले २०२३ मा चीनमा हुने एसिया कप छनौट अन्तर्गत तेस्रो तथा अन्तिम चरणका खेलहरु खेल्ने भएको छ।
एसिया कप छनौटको दोस्रो चरण तथा विश्वकप छनौट अन्तर्गत आफ्नो समुहमा चौथो स्थानमा रहँदै अन्तिम चरणको छनौटमा प्रवेश गर्न सफल टिमहरुमा नेपालसहित थाइल्यान्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, हङकङ, मालदिभ्स र श्रीलंका रहेका छन्।
यस्तै अन्तिम चरणमा प्रवेश गर्न सफल अन्य टिमहरुमा सिरिया,अष्ट्रेलिया, इरान, साउदी अरेबिया,कतार, जापान, युएई, दक्षिण कोरिया, चीन, ओमान,इराक, भियतनाम, लेवनान,
ताजकिस्तान, उज्वेकिस्तान, कुवेत, फिलिपिन्स, जोर्डन, बहराइन, प्यालेस्टाइन, भारत, किर्गिस्तान, मलेसिया, तुर्केमेनिस्तान, म्यानमार, यमन र बंगलादेश रहेका छन्।
दुई टिमहरु प्लअेफ मार्फत अन्तिम चरणमा प्रवेश गर्नेछन्, प्लेअफ अन्तर्गतका खेलहरुमा इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुवाम सहभागी हुनेछन्।
खेलहरु २०२३ को जुन १६ देखि जुलाई १६ मा हुनेछन्।

