नेपालमै धेरै सङ्क्रमितमा लक्षण देखिएन
स्वास्थ्य मन्त्रालयको अनुसार नेपालमा फेला परेका सबै सङ्क्रमितको अवस्था सामान्य छ। पिसिआर विधिबाट कोरोना जाँच गर्दा सङ्क्रमण देखिएकाहरुमध्ये धेरैमा सामान्य लक्षणहरु समेत देखिएको छैन । विश्वका अन्य देशमा कोरोनाबाट मर्नेहरुको सङ्ख्या उच्च हुँदा नेपालमा सङ्क्रमण देखिएकाहरुमा सामान्य लक्षण पनि नदेखिनु चिन्ता र खुसी दुबै नजरबाट हेर्न थालिएको छ । धेरैले नेपालमा कोरोना देखिएपनि महामारीको रुप नलिने तर्क गर्दै आइरहेका छन् भने केहीले लक्षण नदेखिनुलाई झनै खतराको विषय मानेका छन् ।
कोरोना भाइरस अरु देशमा व्यापक रुपमा फैलिसक्दा पनि नेपालमा ढिलो कोरोनाको सङ्क्रमण फैलिनु र युरोपका देशको तुलनामा कम विनाशकारी हुनुलाई विज्ञहरुले विभिन्न कोणबाट अर्थ्याएका छन् ।
खानपान र जीवनशैली सहाय
अचम्म लाग्ने कुरा के हो भने युरोपलगायतका देशको तुलनामा नेपालमा भएको सङ्क्रमण कम घातक देखिन्छ । तर अमेरिका र बेलायतलगायतका देशमा बसेका नेपालीले त्यहीको खानपान र जीवनशैली अवलम्बन गरेकाले त्यहाँ नेपालीहरुको ज्यान गइरहेको छ । यसलाई खानपान र जीवनशैलीले पारेको प्रभावको रुपमा लिन सकिन्छ ।’
शरीरमा रोगसँग लड्ने क्षमताले पनि सङ्क्रमण दरलाई फरक पार्ने भन्दै उहाँ भन्नुहुन्छ, ‘हामी धेरै पानी खेलाउँछौँ । खानेकुराहरु राम्ररी पकाएर मात्रै खान्छौँ । नमस्कार गर्ने चलनले गर्दा भाइरस घातक नभएको हुन सक्छ ।’ तर यसबारे विस्तृत अध्ययन भएको छैन । विगतमा सार्स र स्वाइन फूलुको प्रभाव पनि नेपालमा कम परेको थियो ।
