देश र जनताले मांग गरेको खण्ड मा आफ्नो सबै निजि सम्पति रास्ट्रियकारण पछि हट्दिन नेकपा महानगर अध्यक्ष् रहबर अन्सारी
वीरगन्ज . विश्वब्यापी कोरोना को महामारी तिब्र रुपले बढिरहेको छ यता नेपालमा तिब्र रुपमा बढी रहेको छ प्रदेश नम्बर २ सब भन्दा बढी र पर्सा मा त्यसको प्रभाव बढी रहेको छ बारा, पर्सा रौतहट, सर्लाही सम्मको कोरोना संक्रमित मरिजहरुको हब नारायणी अस्पाल थियो |बिरामीहरुको चाप एक्कासी बढन थालेपछि पहिले गरेको घोषणा अनुसार आफ्नो निजि वीरगन्जको गण्डक अस्पतालका सञ्चालक रहबर अन्सारी ले महानगर प्रमुख विजय सरवागी लाइ पत्र लेख्दै हस्तान्तरणगर्नु भएको छ |
महानगर पालिका ले यो भन्दा पहिला नै सुचना निकाले को थियो तेही बमोजिम आफुले प्रक्रिया पुर्याएर स्थानिया सरकारलाई दिने भने कारण वीरगन्जमा अर्काे कुनै अस्पताललाई कोभिड-१९ उपचार केन्द्र बनाउने र नारायणी अस्पतालका अन्य सेवा सुचारु गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो।सोही निर्णय बमोजिम वीरगन्ज महानगरले कोभिड-१९ उपचारका लागि अस्थायी रुपमा अस्पताल उपलब्ध गराउन तयार निजी अस्पताललाई ३ दिनभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरेको थियो।

गण्डक अस्पतालका सञ्चालक रहवर अन्सारी
आफ्नो व्यवसायभन्दा देश समस्या ठूलो भएकाले आपतका बेला कोरोना उपचारका लागि अस्पताल सरकारलाई दिन निर्णय गरेको गण्डक अस्पतालका सञ्चालक रहवर अन्सारीले बताउनु भयो। ‘अहिलेको मुख्य समस्या कोरोना महामारीसँग लड्नु हो’ अन्सारीले भने–‘देशभन्दा हाम्रो व्यवसाय ठूलो होइन् देशलाई संकटबाट पार लगाउनु हाम्रो पनि मुख्य दायित्व हो।

निकै अघिदेखि नै आफूहरुले कोरोना उपचारका लागि गण्डक अस्पताल दिन तयार रहेका भनी सम्बन्धित व्यक्ति तथा निकायलाई मौखिक जानकारी दिँदै आएको अन्सारीको भनाइ छ। कोरोना अवधि भर निशुल्क सरकार लाइ दिने उनि भनेका छन्
नेकपा महानगर कमिटिको अध्यक्ष रहबर अन्सारी पुर्ब माओबादी केन्द्र बाट महानगर को प्रमुख मेयर को चुनाव मा लडेको व्यक्ति हुन्
