काठमाडौं यतिबेला सडक, बजार, पार्कलगायतका स्थानहरूमा टिकटक बनाउने काम सामान्य जस्तै बनिसकेको छ।
पछिल्लो समय सामाजिक सञ्जाल लोकप्रिय बन्दै गएको छ । यसले सरकारी कार्यालयका कर्मचारीहरूलाई पनि राम्रो काम दिएको छ । यतिमात्रै नपभएर कार्यालय समय भित्रै सरकारी कर्मचारिले कार्यकक्षभित्रै बसेर टिकटक समेत बनाउन थालेका छन्।
रौतहटको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले आफ्नो कार्यकक्षभित्रै टिकटक बनाउँदै गरेको तस्बिर यतिबेला सार्वजनिक भएको छ। साहले आफ्नी श्रीमती रानी साहसँग कार्यकक्षको कुर्सीमा बसेर टिककट बनाउँदै गरेको तस्बिर बाहिरिएको हो।
नगरपालिकाकी मेयर रीनाकुमारी साहले कार्यालयभित्र यसरी टिकटक बनाउन नपाइने बताइन्। ‘कार्यालयभित्र यसरी टिकटक बनाउन मिल्दैन। यो ठीक होइन, उनले भनिन्, अहिले एउटा कार्यक्रममा बाहिर छु। कार्यालय पुगेपछि यसबारे छलफल गर्छौं।’
साह करिब डेढ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नगरपालिकामा कार्यरत छन्। निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्झनाका लागि श्रीमतीले खिचेको तस्बिर धोकाले टिकटकमा अपलोड हुन पुगेको बताए।‘कार्यालयमै क्वार्टर छ। कार्यालय समय सकिएपछि सम्झनाका लागि श्रीमतीले तस्बिर खिचेकी थिइन्, साह भन्छन्,‘यो दुई महिनाअघि खिचिएको तस्बिर हो। मैले थाहा पाएसँगै हटाउन लगाइदिएको थिएँ।
तर, आज कसैले सार्वजनिक गरिदिएको छ।’गल्ती भएको बुझेर नै आफूले टिकटकबाट त्यो तस्बिर हटाउन लगाएको उनको भनाइ छ। भिडिओ होइन, स्टिल फोटो हो। अरूले ट्रिक गरेर फोटो बनाइ दिएको त्यो पनि भन्दिनँ। मेरो श्रीमतीकै मोबाइलबाट खिचिएको तस्बिर हो उनले भने,‘सबैभन्दा बढी माया गर्ने व्यक्तिले गरेको गल्तीको शिकार भएको छु। नियतवस गरेको होइन।’
