नेपाल भलिबल संघले एसियन गेम्सका लागि बन्द प्रशिक्षणमा रहेका २७ बाट १८ खेलाडीलाई छनोट गरेको छ। नौ खेलाडीलाई बाहिर राख्दै संघले १८ जनालाई छनोट गरेको हो।
अब संघले अन्तिम १८ बाट १४ जनालाई टिममा स्थान दिनेछ।छनौट हुनेहरुमा प्रतिमा माली, सरस्वती चौधरी, शान्ती थारु, निरुता ठगुन्ना, उषा भण्डारी, सोफिया पुन, मनीषा चौधरी, कविता
भट्ट, सुनीता खड्का, उषा विष्ट, सलीना श्रेष्ठ, सरस्वती जैशी, लक्ष्मी चन्द, रिया कुँवर, रेश्मा भण्डारी, अरुणा शाही, जानकी भण्डारी र कृपा अधिकारी रहेका छन्।त्यस्तै कमला पुन, झरना श्रेष्ठ, सृष्टि खड्का, संगम महतो, वाल्मीका आचार्य, शान्तिकला तामाङ, हीरा केसी, पूजा चौधरी र सरस्वती कट्टेल टिमबाट बाहिरिएका छन्।
त्यस्तै भलिबल संघले टिमको व्यवस्थापकमा ज्योति केसीलाई नियुक्त गरेको छ। उनी भलिबल संघकी उपाध्यक्ष पनि हुन्। यसअघि, टिमको व्यवस्थापकमा उपाध्यक्ष निरोज मास्के रहेकी थिइन्।*
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
