आज बाट काठमाडौंमा यस्तो सर्त सहित लकडाउन खुल्य सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।
यो निर्णय आजदेखि नै लागू हुने एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।
