इटहरी / प्रखर वक्ता तथा गायक रमेश प्रसाईको स्वरमा सजिएको ‘अरबको खाडी’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ। रोजगारीको सिलशिलामा विदेश गएका युवाको कथा र पुर्बेउलि समेटिएको उक्त गीतमा प्रेम चौलागाईको सब्द तथा चर्चित गायिका मिलन नेवार र रमेश प्रशाईको स्वर रहेको गीतलाई राजन राज सिवाकोटीले संगीत सृजना गरेका छन्।
राजेश पुमा राइले निर्देशन गरेको उक्त गीतको भिडियोमा नेपाली भूगोल, माटो, प्रेम र नेपाली युवाहरुको दर्द उतार्ने प्रयास गरेको निर्माण टिमको भनाइ छ। प्रेम आदित्य च्यानलबाट सार्बजनिक गरिएको गीतको भिडियोमा योगेन्द्र राइ र सेसुका राइले अभिनय गरेका छन्।
उक्त गीतमा टिकटक बनाएर सबैभन्दा बढी भ्युज बटुल्ने प्रस्तिस्प्रधिलाई पुरस्कार गर्ने समेत बताइएको छ। प्रथ , दोस्रो र तेस्रो हुनेलाई क्रमश : २५ हजार, १० हजार, र ७ हजार नगद प्रदान गरिने छ। उत्कृस्ट लाइ अर्को म्युजिक भिडियोमा अभिनय गर्ने अबसर दिने निर्माण टिमले जनाएको छ ।
