नेपालकी मगर चेलीले दुखी नेपालीहरुलाई सहयोग गर्दै आएकी छिन् ।गिभिना मगरले आफ्नो टिक टकमा बुढाबुढीलाई सहयोग गरेको भिडियो राख्दै आएकी छिन् ।
उनले हात मुठ्ठी पारेर दुखी बुबाआमाको अगाडी गइ हात खोलेर केही रकम सहयोग गर्दछिन् ।
जसको कोहि हुदैन उसको भगवान हुन्छ भने जस्तै गिभिना यी आमाबुबाको लागि भगवान बनेर आइरहेकि छिन् ।उनले सहयोग आफ्नो मनबाट गर्दै आएको र यसले आफुलाई कुनै चर्चा नचहिएको समेत बताएकी छिन् ।
उनले सहयोग गर्दा आफ्नो अनुहारपनि देखाएकी थिइनन् ।तर अहिले उनको धेरै चर्चा हुन थालेपछि उनले आफ्नो अनुहार देखाएकी छिन् ।
सहयोग गर्दा आफुलाई भित्री खुशी मिल्ने भएर सहयोग गरेको उनी बताउछिन् ।
गरिब दुखीलाई सहयोग गर्नु नै मानवताको प्रतीक भएको भन्दै उनले अरुलाईपनी असाहाय र बेसहारालाई सहयोग गरेर मानव धर्मको पालन गर्न आग्रह गरेकी छिन् ।
भिडियो हेर्नुस् :-
