यतिबेला टिकटकमा निकै भाईरल छिन्, ६० बर्षकी आमा कृष्ण तामाँग । बेलायतमा बसेर बिभिन्न पारिवारिक बिषयमा रमाईला टिकटक भिडियोहरु बनाउने कृष्ण तामाँग आमालाई सबैले रुचाउँछन् । हालसम्म टिकटकमा उनलाई ७ लाख माथिले फलो गरेका छन् ।
उनका हरेक भिडियोहरुले दर्शकहरुलाई हसाउने गर्दछ । ६० बर्षको उमेरमा पनि यो जोश देखेर सबै दँग पर्दछन् र सबैले आमालाई सम्मान गर्दछन् । यसैबिच शिशिर भण्डारीको यट्युब च्यानल नयाँ नयाँ न्युज नेपालमा कृष्ण तामाँग आमाले पहिलो पटक अन्तर्वार्ता दिएकी छिन् ।
आफ्नो जीवनको पहिलो अन्तर्वार्तामा के सोध्ने होलान भनेर सुरुमा डराएकी कृष्ण आमाले अन्तर्वार्ता भरी सबैलाई पेट मिचि मिचि हसाईन् । अन्तर्वार्तामै आमा भावुक भएर रोईन् । आफुले उमेरमा दुख गरेको सम्झेर र मलाई पनि माया गर्ने यति धेरै हुनुहुँदो रहेछ भनेर आमाको आँशु खसे ।
बेलायतमा परिवारसँग मिल्दै आफ्नी आमा श्रीमान र बुहारीहरुसँग रमाईला भिडियोहरु बनाउने आमाले आफुलाई कलाकारितामा पनि रुचि रहेको बताउनु भयो ।
राजेश हमाल मात्र चिन्नुहुने कृष्ण तामाँग आमाले अहिले टिकटकबाट कमाउने कुरा आफुलाई पत्यार नलागेको बताउन भयो । हरेक सन्दर्भमा हसाउँदै कृष्ण आमाले अन्तर्वार्ताको माहोल नै रमाईलो बनाउनु भयो ।
भिडियो हेर्नुस
