सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ ।कतिले आफ्नो अभिनय,नृत्य,गायन लगायतका कुरा प्रस्तुत गरि निकै चर्चा कमाएको हामीले देखिसकेका छौँ ।
त्यस्तै कामुक गजल भनेर निकै चर्चा कमाएकी व्यक्ति हुन् ममता लैलै ।
गुल्मीको छत्रकोट गाउँपालिका लुम्जा घर भएकी ममताको गाउँ निकै मनमोहक छ ।सुन्तलाले लटरम्म भएका बोट अनि सेतै देखिने हिमालले मन नै लोभ्याउने गरेको छ।
सुरुसुरुमा पर्यटकलाई गाइड गर्ने गरेकी ममतालाई प्रकृतिको सुनदर्ता देखेरै गजल लेख्न प्रेरणा मिलेको उनी बताउछिन् ।
उनले शृङ्गारिक गजल लेख्ने भएको हुँदा गजलहरुले अर्कै अर्थ समेत दिने हामीले देख्दै आएका छौँ ।तर आफुले लेखेका गजलले अन्य अर्थ दिने गरि नलेखेको उनी बताउछिन् ।
प्रख्यात गजलकार प्रकट पंगेनीबाट प्रभावित भएर आफुले शृङ्गारिक गजल लेखेको उनी बताउछिन् ।
महिलाहरुले कामुक गजल नलेखेको र आफुलाई त्यतै रस लागेपछि गजल लेखेको उनी बताउछिन् ।सुरुमा मृ/त्यु सम्बन्धि लेख्ने गरेको उनी बताउछिन् ।
साहित्य विधा त्यसमापनी गजल र मुक्तकमा आफ्नो छोप खोज्दै उनी अगाडि बढिरहेकी छिन् ।
भिडियो हेर्नुस् :-
