भारतको कोलकातास्थित तिलजला क्षेत्रमा सात वर्षीय बालिकाको श व बोरामा फेला परेको छ । शव फेला परेपछि उक्त क्षेत्रमा त नावको स्थिति छ ।
ती बालिका आइतबार बिहानदेखि बे पत्ता भएकी थिइन् ।
प्रारम्भिक अनुसन्धानका आधारमा बालिकाको ब लात्कारपछि ह त्या भएको प्रहरीको अनुमान छ । बालिकाको टाउकोमा पेचकसजस्ता कुनै तिखो चिजले चो ट लागेको निशान छ ।
प्र हरीले यस मामिलामा आलोक कुमार नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । यी व्यक्ति बिहारको समस्तीपुरका बासिन्दा हुन् ।
तिलजला प्र हरी चौकीका एक प्रहरी अधिकृतले नाम न छाप्ने सर्तमा भने, ‘आरोपीले ह त्या गरेको स्वीकार गरेका छन् ।’
घ टनामा प्र हरीले कारबाही नगरेको भन्दै स्थानीयले तिलजला प्रह री चौकीलाई रातभर घे राब न्दी गरी ढुं गामुढा गरेका छन् । केहीले प्रहरी चौकीको गेट तो डेर भित्र पस्ने प्रयाससमेत गरेका थिए । पछि प्र हरीले लाठी चार्ज गरी भीडलाई तितरबितर पारेको थियो ।
बालिकाका बुबाले भने, ‘बिहान सात बजे छोरीलाई फोहोर फाल्न भनेको थिएँ । त्यसपछि उनी एक भवनभित्र छिरेकी पनि थिइन् । त्यति बेलादेखि उनको कतै पत्ता लागेन ।’

बालिकाको खोजी
बालिका बे पत्ता भएपछि मानिसहरूले उनको खोजी गर्न थाले । बिहान नौ बजे प्रहरी चौकीमा हराएको उजुरी लेख्दा प्रहरीले निकै उदासीनता देखाएको स्थानीयको आरोप छ ।
उक्त भवनमा रहेको फ्ल्याटको ढोका पहिले बन्द भएको मानिसहरूले बताएका छन् । तर साँझ ढोका खुलेको देखेर मानिसहरू भित्र पसे । त्यहाँ राति ९ बजे बोरामा राखिएको श व भेटिएको हो ।
फ्ल्याटमा बस्ने ३२ वर्षीय आलोक कुमार प क्राउ परेका छन् । स्थानीयले उनलाई आफूहरूलाई बुझाउन प्र हरीसँग माग गरेका थिए । तर प्र हरीले उनलाई भीडबाट बचाएर प्र हरी चौकीमा ल्याएको छ । घ टनाको अनुसन्धान थालिएको छ र श व पोस्टमार्टमका लागि पठाइएको छ ।
प्र हरीले पहिले नै सक्रियता देखाएको भए बालिकालाई बचाउन सकिन्थ्यो कि भन्ने स्थानीयको गुनासो छ । गए राति प्र हरी चौकी अगाडि भएको झ डपपछि उक्त क्षेत्रमा त नाव छ । प्र हरीको गस्ती बढाइएको छ ।
