काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले जनसाङ्ख्यिक सन्तुलन कायम गर्न नसकेमा जटिल अवस्था आउन सक्ने बताउनुभएको छ । मंगलवार विश्व जनसंख्या दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।
हिमाल, पहाड, तराई तथा गाउँघर र शहरको जनसंख्या असन्तुलित बनिरहेको प्रसंगमा मन्त्री बस्नतेले यसलाई ब्यवस्थित पार्न नसकिएमा भोलीमा दिनमा जटिल अवस्था आउन सक्ने बताए । सुख, सुविधा र अवसरको खोजी गर्दै मानिसहरु शहर केन्द्रित हुने थालेकाले गाउँघरको जनसंख्या घट्दै गएको र शहरको जनसंख्या बढी रहेको मन्त्री बस्नेतले उल्लेख गरे ।
शहरमा अस्वभाबिक रुपमा जनसंख्या बृद्धि हुँदा समस्या उत्पन्न भईरहेकाले गाउँबाट मानिसहरु शहर केन्द्रित हुने प्रबृतिलाई रोक्न गाउँमै शिक्षा, स्वास्थ्य लगायतका आवश्यक पुर्वाधारहरुको उचित ब्यवस्थापन गर्नुपर्नेमा पनी स्वास्थ्यमन्त्री बस्नेतले जोड दिए ।
फरक प्रसंगमा बोल्दै मन्त्री बस्नेतले लैंगिक अनुपातमा संक्रमण भई बालिकाभन्दा बालक बढी हुन सक्ने देखिएको र जसले गर्दा कालान्तरमा जटिल समस्या सिर्जना हुनसक्ने भन्दा चिन्ता ब्यक्त गरे । कुनै पनी देशमा पुरुष तथा महिलाको संख्या घटेर लंैगिक असन्तुलन देखिनु मुलुकको भबिष्यको लागी गम्भीर कुरा भएको बस्नेतले बताए ।
जनसंख्या दिवस दिवसमा मात्रै सिमित नभएर यी समस्या समाधानको लागी पनी सकरात्मक सन्देश दिवसले दिनसक्नु पर्नेतर्फ मन्त्री बस्नेतले जोड दिए ।
