काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको चौतारा अस्पताललाई शव वहान हस्तान्तरण गरेका छन् । जिल्ला सदरमुकाममै रहेको चौताराअस्पताललाई शव वाहन अभाव रहेकोमा मंगलबार मन्त्री बस्नेतले शव वाहन उपलब्ध गराएका हुन् । नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै बस्नेतले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झालाई शव वाहन हस्तान्तरण गरेका हुन् ।

शव वाहन उपलब्ध भएपछि अस्पतालले मन्त्री बस्नेतलाई धन्यवाद ब्यक्त गरेको छ । अब उपचारका क्रममा कसैको मृत्यु भएमा तथा पोष्टमाट्मका लागि शव अन्यत्र पठाउने पर्ने भएमा सहज हुने भएको छ । मृतक आफन्तहरुले चर्को शुल्क तिरेर शव ओसारपसार गर्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ ।
