काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भक्तपुरको दुवाकोटमा रहेको विस्तारित वीर अस्पतालको संरचना निर्माण स्थलको स्थलगत अनुगमन गरेका छन् । शनिवार बिभिन्न बिषयगत क्षेत्रका प्रमुखहरुको उपस्थितिमा मन्त्री बस्नेतले दुवाकोटमै पुगेर अस्पताल निर्माण स्थलको अवलोकन गरेका हुन् ।
आर्थिक बर्ष २०७३÷०७४ को बजेटले ल्याएको विस्तारित वीर अस्पतालको गुरुयोजना ६ बर्ष बितिसक्दा पनी पुरा भएको छैन् । दुवाकोटमा एक बर्ष अघिदेखि क्लीनिक सञ्चालन गरी ल्याब र एक्सरे सेवा सुरु गरिए पनी गुरुयोजना अनुसार भवन तथा आवास क्षेत्र निर्माणको काम अघि बढ्न सकेको छैन् ।
निर्माण कार्य अलपत्र परेको विस्तारित वीर अस्तालको संरचना निर्माण स्थलको अनुगमन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले सर्वपक्षिय बैठक समेत डाकेका छन् । बैठकमा मन्त्री बस्नेतले बिषयगत क्षेत्रमा प्रमुखहरुलाई आफ्नो क्षेत्रमा भएका प्रगतीहरुको बिबरण पनी मागेका छन् ।
सबै क्षेत्रको बिबाद टुंगिएको र अब निर्माण कार्य अगाडी बढाउनको लागी कुनै समस्या नरहेको निष्र्कषपछि मन्त्री बस्नेतले अब निर्माण कार्य छिट्टै अगाडी बढ्ने बताएका छन् ।
चिनिँया सरकारको सहयोगमा निर्माण हुने उक्त अस्पातल जतिसक्दो चाँडो निर्माण कार्य अगाडी बढाउनका लागी आफु प्रतिबद्ध रहेको र प्रधानमन्त्री पुष्प कमल दाहालको चिन भ्रमण्ड पनी नजिकिएकाले प्रधानमन्त्रीले पनी उक्त बिषयमा चिन सरकारसंग आवश्यक पहल गर्ने विश्वास ब्यक्त गरे ।
उक्त ठाँउमा सुविधा सम्पन्न अस्पताल निर्माणका लागी स्थानियहरुले ५ सय ७० रोपनी जग्गा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत वीर अस्पताललाई उपलब्ध गराएका छन् ।
