काठमाडौँ । नेपाल ज्येष्ठ प्राध्यापक समाजले सेवा निबृत प्राध्यापकहरुको स्वास्थ्य सेवामा सहुलियतको माग सहितको ज्ञापन पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई बुझाएका छन् । समाजले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाउदै स्वास्थ्य सेवामा सहुलियतको माग गरेका हुन् ।

त्रिभुवन बिश्वबिद्यालय, नेपाल संस्कृत विश्व बिद्यालय, काठमाडौ विश्व विद्यालय र पुर्वाञ्चल विश्व विद्यालयमै करिब २० हजार प्राध्यापकहरु कार्यरत रहेको र सेवा निबृत प्राध्यापकहरुकै संख्या ५ हजार रहेको समाजले अवगत गराएको छ । लामो समय प्राध्यापनमा संलग्न रही उच्च तहका जनशक्ति उत्पादन गर्दै रहेका प्रधानाध्यापकहरु स्वास्थ्य सेवाबाट अलग्याएको महसुस गरेको र आफूहरुले पनि अन्य सरकारी सेवामा कार्यरत कर्मचारीहरुले सरह स्वास्थ्य सुविधा पाउनु पर्ने माग गरेका छन् ।
केही निजि अस्पतालहरुले सहुलियत दिएको भए पनि त्यो सबैको पहुँचमा नरहेको नेपाल ज्येष्ठ प्राध्यापक समाजले बताएको छ । निशुल्क औषधी, विपन्न नागरिकका निमित्त अस्पतालहरुमा १०५ ९प्रतिशत० निशुल्क शैँयाको व्यवस्था लगाएतका जनतालाई प्रत्यक्ष सहयोग पुग्ने विभिन्न कामहरु मन्त्री मोहन बस्नेतको नेतृत्वमा भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रशंसा समेत गरेका छन् ।
