काठमाडौँ । चिकित्सा शिक्षा सरोकार संर्घष समितिले लामो समयदेखिको अनसन स्थगित गरेको छ । सोमवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले आवश्यक माग सम्बोधनका लागी वचनबद्धता ब्यक्त गरेपछि संर्घष समितिले ३८ औँ दिनमा अनसन स्थगित गरेको हो ।
मन्त्री बस्नेतले माईतीघर मण्डलामा अनसन बसिरहेका अनसनकारीहरुलाई मन्त्रालयको टोली पठाएर जुस खुवाएर अनसन स्थगन गराएका थिए । त्यसपछि संघर्ष समितिका पदाधिकारीहरुलाई मन्त्रालयमै बोलाएर बार्ता गरेका थिए । उक्त क्रममा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सा शिक्षा सरोकार संर्घष समितिले अगाडि सारेका मागहरु सम्बोधनका लागी सरकार सकरात्मक रहेको र आवश्यक प्रकृया समेत अगाडी बढीसकेको बताएका थिए ।

जुनसुकै हालतमा पनी मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि मन्त्री बस्नेतलाई धन्यवाद दिदै अनसनकारीहरुले आजकै दिनबाट अनसन स्थगित भएको बताएका छन् ।
चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सीटीईभीटीको पुर्नसंरचना गर्नुपर्ने, स्तरउन्नती गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नुपर्ने लगायतका १४ वटा मागहरु राखेर चिकित्सा शिक्षा सरोकार संर्घष समिति लामो समयदेखि अनसनमा बसीरहेको थियो ।
