रेखा थापाको जीवनमा दुई ओटा ‘उपहार’ संगै आउने भएको छ । एकतिर उनको फिल्म ‘उपहार’ को सुटिङ चलिरहेको छ भने अर्को ‘उपहार’ को रुपमा उनले पहिलो सन्तानलाई जन्म दिदै छिन् । शिशुको जन्म र फिल्मको रिलिज सँगै हुने भएपछि रेखा खुसी छिन् । यसलाई उनले उपहारको रुपमा लिएकी छन् ।
चिकित्सकले फागुन–चैतलाई डेलिभरी डेट दिएको र वैशाखमा उनको नयाँ फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ । करिब डेढ वर्षअघि बलराम शाहीसँग लगनगाँठो कसेकी थापा ४० वर्ष काटेपछि आमा बन्न लागेकी हुन् । ‘यत्तिको वर्षसम्म सबैले सोध्नुभयो, फाइनल्ली यो कुरा बताउन पाउँदा खुसी छु,’ उनले भनिन् ।
भविष्य पनि गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी पठाइदिन्छ,’ मंगलबार पतिसँगको तस्बिरमा उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।
